Sajhamanch Archive

यस्तो छ आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जनाएको छ।

शुक्रबार बिहान जारी मौसम बुलेटिनमा हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित नभएको उल्लेख छ।

शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *