Sajhamanch Archive

भारतको महाराष्ट्रमा खुले फिल्म हल

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

भारतको केन्द्रिय सरकारले हल खोल्न अनुमती दिएपछि महाराष्ट्र सरकारले भने अक्टुबर १५ बाट हल खोल्ने अनुमती दिएको थिएन । तर, अब भने महाराष्ट्र सरकारले पनि आजबाट हल खोल्ने अनुमती दिएको छ । करिब ७ महिनापछि महाराष्ट्रमा हल खुलेका छन् ।

तर, हल खुलेपनि ५० प्रतिशत अकुपेन्सीमा संचालकले चलचित्र देखाउनुपर्नेछ । मुम्बइमा कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि हल खोल्ने अनुमती दिइएको हो । चलचित्र भवनहरुले सरकारले तयार पारेको सुरक्षा नियमलाई भने पूर्ण रुपमा पालना गर्नुपर्नेछ । सरकारले हल खोल्न अनुमती दिएपनि दर्शकको संख्या पनि न्यून रहेको छ । देशभर हल खुलेपनि नयाँ चलचित्र रिलिज नहुँदा दर्शकको संख्या कम भएको छ ।

क्रिसमस अगाडि कुनै पनि नयाँ चलचित्रले रिलिज मिति तोेकेका छैनन् । यसैले, हल संचालकहरुका लागि हल खुलेपनि राहतको श्वास फेर्न अझै एक महिना कुर्नुपर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *