Sajhamanch Archive

थप दुई हजार ९०९ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ ।

आज देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ५०० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५२ हजार ९०८ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *