Sajhamanch Archive

धाइजनमा कोभिड अस्पताल बनाउन कार्यदलको सिफारिस

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगरको कोभिड-१९ संक्रमण नियन्त्रण कार्यदलको बैठकले मेचीनगर नगरपालिका वडा नं.११ मा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ ।

यसअघि मेचीनगर नगरपालिका वडा नं.१० स्थित धुलावारीको मेची आम्दा अस्पताललाई सुविधा सम्पन्न कोरोना अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गर्दै मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो ।

नगर उपप्रमुख मीना पोखरेल उप्रेतीलाई मेचीनगरका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, पत्रकार, व्यवसायीलगायत सर्वसाधारण ४ सय २३ जनाको हस्ताक्षरसहित ज्ञापन पत्र बुझाइए पनि शुक्रबार कार्यदलकी सहसंयोजक एवम् नगरपालिका उपप्रमुख उप्रेतीको अध्यक्षतामा नगरपालिका कार्यालयमा बसेको बैठकले नगरको ११ नम्बर वडामा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको हो ।

३० बेडको आइसोेलेसन केन्द्रको रुपमा हाल सञ्चालित धाइजन स्वास्थ्य चौकीलाई नै कोभिड अस्पताल बनाउन सिफारिस गरिएको नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *