Sajhamanch Archive

झापामा थप ७२ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । आज झापामा थप ७२ जना कोरोना संक्रमित थपिएका छन् ।जसमा ३३ महिला र ३९ पुरुष रहेका छन ।

संक्रमितहरुमा दमकका ११ महिला र १२ पुरुषसहित २३ जना, बिर्तामोडका १४ महिला र ५ पुरुषसहित १९ जना छन् । संक्रमितमध्ये दमकमा २ जना र बिर्तामोडमा ३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै, मेचीनगरमा ३ जना संक्रमित हुँदा एक जना स्वास्थ्यकर्मी रहेका छन् । मेचीनगरमा १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

भद्रपुरका ३ महिला र ८ पुरुषसहित ११ जना, अर्जुनधाराका २ महिला र ३ पुरुष, कन्काइका ३, गौरादहका १, हल्दिबारीका २, कमलमा १, शिवसताक्षीका ३ र अन्य (पलिकाका नखुलेको) गरी ७२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए ।

हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ४३४ पुगेको छ भने निको हुनेको संख्या एक हजार ४२३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *