Sajhamanch Archive

अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पूनम पाण्डे पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी । बलिउड नायिका तथा मोडल पूनम पाण्डे सधै विवादमा रहन्छिन् । विशेषगरि, हट फोटो तथा भिडियोका कारण उनको चर्चा मिडियामा बढी भएको पाइन्छ ।

हालै मात्र गोवामा अश्लिल भिडियो छायांकन गरेको भन्दै पूनम पाण्डे विरुद्ध उजुरी परेको थियो । गोवा फरवार्ड पार्टीको महिला शाखाले उनीमाथि ‘अश्लिल भिडियो’ सुटिङ गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले उनलाई सरकारी सम्पत्तीमा अभद्र व्यवहार तथा अश्लिल भिडियो छायांकन गरेको आरोपमा पक्राउ गरेको छ ।

गोवा फरवार्ड पार्टीले प्रहरीमा दर्ता गरेको एफआइआरमा गोवाका महिलाहरुमाथि सांकृतिक आक्रामण गरेको तथा गोवाको छवि विगारेको आरोप लगाइएको छ । पूनमले अश्लिल भिडियोको छायांकन चापोली बाँध क्यानाकोनामा गरेकी थिइन् ।

पूनमको भिडियो अहिले गोवामा भाइरल भैरहेको छ । यो क्षेत्र अत्याधिक सुरक्षित रहेको र गोवा सरकारको जल संसोधन विभागको सम्पत्ती रहेको पनि बताइएको छ । पूनमको भिडियोले गोवालाई अश्लिल गन्तव्यको रुपमा प्रमोशन गरेको र राज्यको बदनामी गरेको पनि आरोप लगाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *