शिवसताक्षीकी युवतीको कोरोनाका कारण मृत्यु, मृतकको संख्या ४ पुग्यो
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ६ की २५ वर्षीय सृजना काफ्लेको कोरोनाका कारण मृत्यु भएको हो । उनको शुक्रबार राती नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको शिवसताक्षी नगरप्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए ।
उनको स्वास्थ्यमा समस्या आएपछि नोवेल अस्पताल विराटनगर लगिएको थियो । एक हप्ता अघि स्वास्थ्य अवस्था गम्भिर भएपछि पाज्मा चढाइएको नेपाल रेडक्रस सोसाइटी शिवसताक्षीका सचिव गोविन्द काफ्लेले बताए ।
विराटनगरबाट उनको शव ल्याउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने नगरपालिका स्रोतले बताएको छ । मृतक दुधे स्थित एक स्वास्थ्य संस्थामा ल्याबमा काम गर्ने युवती हुन् ।
शिवसताक्षी नगरपालिकामा यो सहित कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
Comments