Sajhamanch Archive

नेकपा सचिवालय बैठकको माग गर्दै प्रचण्डसहितका नेता बालुवाटारमा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक राख्न सहमति नजनाएपछि सचिवालयको बहुमतको सदस्य प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि मनाउन लिखित पत्रसहित बालुवाटार पुगेको हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुअघि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी मुख्यालय धुम्बाराहीमा छलफल गरेका छन्।

​​शुक्रबार पनि पार्टी मुख्यालयमा अनौपचारिक बैठक बसेको थियो। पार्टीको औपचारिक बैठक राखे पार्टी विभाजनको बिन्दु नै त्यही हुने प्रधानमन्त्री ओलीले चेतावनी दिएपछि आज पनि उनीहरुले छलफल गरेका हुन्।

अध्यक्ष दाहालले सचिवालयका सबै सदस्यलाई बैठकमा आउन जानकारी गराए पनि ओली खेमाका नेताहरू बैठकमा सहभागी भएका थिएनन्। बैठकमा अध्यक्ष दाहालले पार्टी एकता जोगाउनका लागि आफूले प्रधानमन्त्री ओलीसँग पटक-पटक छलफल गरेको भए पनि सहमति जुट्न नसकेको ब्रिफिङ गरेका थिए।

                                                                                            थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *