Sajhamanch Archive

आईपीएल : फाइनलमा पुग्न दिल्ली र हैदराबाद भिड्दै

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । मुम्बई इन्डियन्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

लिग चरणमा मुम्बई पहिलो र दिल्ली दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा पुगेको हो । लिगमा शीर्ष दुईमा रहेको दिल्लीले पहिलो क्वालिफायर हारेपनि अर्को अवसर पाएको हो । यस्तै लिगमा तेस्रो भएको हैदरावादले चौथो भएको बैंगलोरलाई एलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

दिल्ली र हैदरावाद दुवै जित हात पार्दै फाइनल पुग्ने योजनामा छन् । हैदरावाद डेभिड वार्नर दिल्ली श्रेयस अयेरको कप्तानीमा मैदान उत्रनेछन् । खेल युएईको अबुधाबीस्थित शेख जायद स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *