Sajhamanch Archive

दमकमा कोभिड उपचार केन्द्र सञ्चालनमा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

दमक । दमक नगरपालिका वडा नं.२ स्थित बेलडाँगीमा आइतबारदेखि कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ ।

लामो समयको तयारीपछि दमक नगरपालिका वडा नं.२ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।

सो उपचार केन्द्रको आइतबार प्रदेशसभा सदस्य अर्जुन राईले औपचारिक रुपमा उद्घाटन गरे । उद्घाटन गर्दै उनले विश्वभर फैलिएको कोरोना महामारीसंग जुध्न सबै शक्ति एक ठाउँमा उभिने बेला आएको बताए ।

अक्सिजनसहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । यस क्षेत्रका संक्रमितहरुको उपचारका लागि सो केन्द्रले सहयोग पुर्याउने उनले बताइन् ।

संघीय सरकारले सबै स्थानीय तहलाई विभिन्न मापदण्डसहित आ–आफना पालिकाका कोरोना संक्रमितहरुको उपचारका लागि कोभिड अस्पताल सञ्चालन गर्न करिब दुई महिना अघि नै सर्कुलर गरेको थियो । धेरैजसो स्थानीय तहले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याए पनि यसअघि दमकमा कोभिड अस्पताल स्थापनामा ढिलाइ भएको स्थानीयले गुनासो गर्दै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *