Sajhamanch Archive

विश्वमा सक्रिय संक्रमित एक करोड ३६ लाख बढी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख बढी रहेको छ । संक्रमण पुष्टि भएकामध्ये तीन करोड ५७ लाख ७९ हजार सात सय ६१ जना उपचारपछि घर फर्किएका छन् । एक करोड ३६ लाख ७४ हजार छ सय ६६ जना संक्रिय संक्रमित उपचाररत रहेकोमा ९२ हजार पाँच सय ५१ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन चार लाख ६६ हजार १९ जना नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमितको संखया पाँच करोड सात लाख १६ हजार ८७ पुगेको वाल्डो मिटरले जनाएको छ । कोरोनाका कारण १२ लाख ६१ हजार छ सय ६० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ४५ जनाको ज्यान गयो । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रिय संक्रमितको संख्या ३५ लाख ५८ हजार सात सय छ रहेको छ । ती मध्ये १८ हजार चार सय ४० जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ६४ लाख ८१ हजार दुई सय ६६ जना उपचारपछि घर फर्किएका छन् ।

अमेरिकामा एकै दिन ९८ हजार दुई सय चार जना बिरामी थपिएपछि संक्रमितको संख्या एक करोड दुई लाख ८३ हजार सात सय १२ पुगेको छ । संक्रमितमध्ये दुई लाख ४३ हजार सात सय ४० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा चार सय ८३ जनाको ज्यान गयो । छिमेकी मुलुक भारतमा सक्रिय संक्रमितको संख्या पाँच लाख ११ हजार पाँच सय ५१ रहेको वाल्डो मिटरले जनाएको छ । सक्रियमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । ७९ लाख १५ हजार छ सय ६० जना संक्रमितको उपचार सफल भएको छ ।

एकै दिन ४६ हजार छ सय ६१ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ८५ लाख ५३ हजार आठ सय ६४ पुगेको छ । एक लाख २६ हजार छ सय ५३ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा चार सय ९१ जना संक्रमितको मृत्यु भयो । ब्राजिलमा सक्रिय संक्रमितको संख्या चार लाख ३७ हजार तीन सय ७४ रहेको छ । ती मध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ५० लाख ६४ हजार तीन सय ४४ जनाको उपचार सम्भव भएको छ । ब्राजिलमा संक्रमितको संख्या ५६ लाख ६४ हजार एक सय १५ रहेको छ । संक्रमितमध्ये एक लाख ६२ हजार तीन सय ९७ जनाको ज्यान गइसकेको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *