Sajhamanch Archive

क्युवामा शक्तिशाली समुद्री आंधी, घरहरु ढले, विद्युत आपूर्ति बन्द

Published: in विश्व समाचार by .

क्युवामा शक्तिशाली समुद्री आंधीका कारण जनजीवन प्रभावित भएको छ । इटा नाम दिइएको आँधीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । भारी बर्षापछि आएको आँधीका कारण ठाउँ ठाउँमा रुख र बिजुलीका पोल ढल्दा विद्युत आपूर्ति प्रभावित भएको छ ।

आँधी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको अधिकारीहरुले जनाएका छन् । निकारागुवा, ग्वाटेमाला हुँदै यो आँधी क्युवा प्रवेश गरेको हो । यसअघि यो आँधीका कारण ग्वाटेमालामा १ सय ५० जनाको मृत्यु भएको थियो ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *