Sajhamanch Archive

मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतमा ओझा

Published: (Updated: ) in स्थानीय तह by .

मेचीनगर । दुई महिनामा मेचीनगरमा दुईजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

एक महिनाअघि इलामको माइ नगरपालिकाबाट आएका दिनानाथ लम्सालको सरुवा भएपछि आजदेखि मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खेमराज ओझाले सम्हालेका छन् ।

आज नगर कार्यपालिकाको कार्यालय पुगेर ओझाले हाजिरी गरेका हुन् । ओझा यसअघि मोरङको रतुवामाइ नगरपालिकामा कार्यरत थिए । लम्सालको भने मोरङको रतुवामाइ नगरपालिकामा सरुवा भएको छ ।

यसअघि मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार लिम्वूको अर्जुनधारा नगरपालिमा सरुवा भएपछि लम्साल आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *