Sajhamanch Archive

सहारा नेपालद्वारा प्रविधि साक्षरता तालिम

Published: in समाज, सहकारी by .

बिर्तामोड । नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उद्धेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ ।

सेवा केन्द्रका एकसय जना शेयर तथा लघुवित्त सदस्यलाई कोभिड–१९ लाई मध्यनजर गर्दै सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाई १० समूह बनाएर मंगलवार एकदिने तालिम प्रदान गरिएको हो ।

संस्थाको नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै तालिम दिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले बताए । तालिमको औचित्यमाथि प्रकाश पार्दै भारतीले निकट भविश्यमा एटीएम प्रयोगमा ल्याइने बताए । उनले उद्यमी महिला विकास शुरु गरिने समेत जानकारी दिए ।

तालिममा सहभागीलाई संस्थाका आइटी वरिष्ठ प्राविधिक नेत्रप्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुलाई मोवाइल बैंकिङ, इ–सेवा, एसएमएस, ट्याव्लेटद्धारा असुलीलगायतका विषयमा जानकारी गराइएको छ । त्यस्तै कोभिड–१९ बाट बच्न सदस्यहरुलाई घरबाट नै इ–सेवा प्रयोग गर्न पनि सिकाइएको छ ।

सेवा केन्द्रकी सहयोग समिति सदस्य टोमकुमारी ओझाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कनकाई नगरपालिका वडा नं.८ का अध्यक्ष प्रेमबहादुर कटुवालले गरेका थिए ।

कार्यक्रममा कनपा कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, लक्ष्मीपुरका प्रहरी इन्चार्ज जितेन्द्रनारायण मण्डललगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *