Sajhamanch Archive

नेविसंघले बालनिकुञ्ज माविमा लगायो ताला

Published: (Updated: ) in राजनीति, शिक्षा by .

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं.१० मा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयले एसईई उत्तीर्ण विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र दिँदा चर्को शुल्क लिएको गुनासो बढेपछि नेविसंघ झापाले विद्यालयमा तालाबन्दी गरेको छ ।

विद्यालयबाट चारित्रिक प्रमाणपत्र दिदा विद्यार्थीबाट चार हजार रुपैयाँ शुल्क लिएको गुनासो विद्यार्थी तथा अभिभावकबाट आएपछि नेविसंघ पूर्व जिल्ला सचिव विनोद खरेलको नेतृृत्वमा विद्यालयमा पुगेको विद्यार्थीहरुको टोलीले तालाबन्दी गरेको हो ।

उक्त तालाबन्दी कार्यक्रममा नेविसंघका झापा जिल्ला सदस्य अशोक पाठक, उदिप दाहाल, विद्यार्थी नेता रविन घिमिरे, सविन बस्नेत,अर्जुन भट्टराईलगायतको उपस्थित रहेको थियो ।

तालाबन्दीपछि नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारले सरकारी विद्यालयमा कुनै शुल्क नलिई शिक्षा प्रदान गरिनुपर्ने र चारित्रिक प्रमाणपत्र बनाउँदा समेत २०० देखि ५०० रुपैयाँसम्म मात्रै शुल्क लाग्ने भनिरहँदा यति महंगो शुल्क लिनु आफैमा दुःखद भएको जनाएका छन् ।

झापाका अन्य कुनै पनि विद्यालयमा यस प्रकार मनोमानी ढंगबाट शुल्क लिएको पाइए नेविसंघ झापालाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्तिमा यस्ता विद्यालय विरुद्ध जस्तोसुकै आन्दोलन गर्नेसमेत उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *