कमल गाउँपालिकामा बालअधिकार सम्वन्धि अन्तरक्रिया
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकामा रहेका वालबालिकाको वालअधिकार सम्वन्धि कार्यविधि तथा रणनीतिक योजना निर्माण सम्बन्धी सरोकारवालासँग सोमबार छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बालबालिका को हुन् ? यिनिहरुको हेरचाह कसरी गर्ने ? स्थानीय तह र बालवालिका बीचको सम्बन्ध कस्तो रहने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया भएको हो ।
त्यसैगरी कार्यक्रममा स्थानिय शासन कार्यान्वयन कार्यविधि २०६८मा उल्लेख भएका सुचकहरुमध्ये बालसंरक्षण सम्बन्धिका सुचकमा उल्लेख भएका ५ वर्ष मुनिका सबै वालकालिकाको जन्मदर्ता भएको हुने, वाल विवाहमा कमी, वालश्रमको दर घट्ने, परिवार र समाजबाट बालबालिका विरुद्ध हुने हिंसामा कमी, वालवालिका बेचविखन,शोषण, दुव्र्यवहार, घरेलु हिंसा ,कम गर्नका लागी कार्ययोजना तयार गरी कार्यन्वयनमा ल्याईने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, बालश्रम सम्वन्धिको जिम्मेवार हुने बालबालिको गाउँपलिकामा रहेका बालबालिकको बाल अधिकार, बालसंरक्षण तथा सम्वद्र्धनका लागी भएको अन्तरक्रिया कार्यक्रममा स्थानिय विद्यालयका शिक्षक, वाल सन्जालका प्रतिनिधी, सुरक्षाकर्मी, स्वास्थ्य कर्मी, स्थानिय उद्योग वाणिज्य संघका प्रतिनिधी लगायतको उपस्थितीमा रहेको थियो ।
कमल गाउँपालिका महिला तथा बालवालिका शाखाको आयोजनामा भएको कार्यक्रमलाई एस. संकल्प नेपाल प्रा.ली.का प्रवन्ध निर्देशक सुमन अधिकारीले सहजीकरण गरेका थिए ।
Comments