Sajhamanch Archive

अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्छ : मन्त्री भट्टराई

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

ताप्लेजुङ । गृहजिल्ला ताप्लेजुङको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जिल्लामा उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन्।

नेपालका अरु जिल्लामा भन्दा ताप्लेजुङमा बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाका बासिन्दालाई फाइदा पुग्न सक्ने उनले बताए ।

मन्त्री भट्टराईले अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले ध्यान दिने स्पष्ट पारे। ओलाङचुङगोलाबाहेक ताप्लेजुङका सबै क्षेत्रमा नगदेबालीको रुपमा अलैँची खेती गरिँदै आएको छ । किसानहरू अलैँचीमै आत्मनिर्भर रहेकाले पनि यहाँ प्रशोधन केन्द्र खोलिनुपर्ने मन्त्री भट्टराईले बताए । यसो गरेमा किसानले अलैँचीको राम्रो मूल्य पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *