Sajhamanch Archive

बिर्तामोडबाट प्रतिवन्धित लागू औषधसहित चारजना पक्राउ

Published: in समाज by .

बिर्तामोड । प्रतिवन्धित लागू औषधसहित प्रहरीले चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नं.२ निवासी २५ वर्षीय मोहनकुमार ओली, सोही ठाउँका २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी र २० वर्षीय अरुणकुमार राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड नगरपालिका वडा नं.२ फूलवारी टोल स्थित ओलीको घरमा लागू औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध प्लाष्टिकसहित ६ ग्राम ८५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थ बरामद गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *