Sajhamanch Archive

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल मैदानमै गएर हेर्न पाइने

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by .

काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमै दर्शकलाई मैदान प्रवेश गर्ने निर्णय बीएफएफले गरेको हो ।

विश्वभर फैलिरहेको कोरोना महामारिकाको दक्षिण एसियाली देशहरुका दर्शकसहित खेल हुन सकेको छैन । तर बीएफएफले फिफा र एएफसीको गाइडलाइन्स अनुसार मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ । यद्यपि मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने एकिन गरिएको छैन ।

यस्तै बीएफएफले खेलको टिकट मूल्यसमेत तोकेको छ । जसमा भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ १०० टाका तोकिएको छ । रंगशाला प्रवेश गर्ने हरेक दर्शकले फिफा र एएफसीको गाइडलाइन्स पालना गर्नुपर्नेछ ।

दुई मैत्रीपूर्ण खेललाई बिएफएफले ‘मुजिब बोर्शो फिफा इन्टरनेशनल फुटबल सिरिज २०२०: बंगलादेश भर्सेस नेपाल’ नाम दिएको छ । मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ४:१५ बजे सुरु हुनेछ ।

बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दा नेपालको ध्यान बाँकी विश्वकप छनोटको खेल र फिफा बरियतातर्फ हुनेछ । बंगलादेशले पनि त्यसैमा ध्यान दिएको छ । फिफा विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले एक खेल मात्र जितेको छ ।

                                                                                     अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *