Sajhamanch Archive

१२ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना महामारीविरुद्धको मोर्चामा फ्रन्टलाइनमा खटिएका १२ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी बलका गरी १२ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमा नेपाल प्रहरीका सबैभन्दा बढी छन् । हालसम्म प्रहरीमा ६ हजार ५ सय ७८ जनालाई संक्रमण भएको छ भने ५७ सय ३४ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयमा २३० जना, उपत्यकामा २०६ जना छन् । अन्य प्रदेशमा संक्रमितको संख्या घट्दै गएको छ ।

प्रहरीमा हाल ८४४ जना सक्रिय संक्रमित छन् । प्रहरीपछि सेनामा संक्रमितको संख्या बढी छ । सेनामा हालसम्म ४ हजार ३ सय २६ जनालाई कोरोना संक्रमण भएकामा ३ हजार १ सय ८ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणकै कारण सेनाका २ जनाको मृत्यु भएको छ । सेनामा १२ सय १६ जना सक्रिय संक्रमित छन् ।

यस्तै सशस्त्र प्रहरी बलका १७ सय ९६ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये १५ सय ९२ जना डिस्चार्ज भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *