Sajhamanch Archive

अक्षयसँग कहिले पनि काम गर्न सक्दैनन् शाहरुख खान, बताएका थिए यस्तो कारण

Published: in गीत/संगीत/मनोरञ्जन by .

बलिउडमा तीन खानबाहेक अक्षय कुमार मात्रै एक यस्ता नायक हुन् जो उनीहरुको बराबारीमा आउँछन् । सलमान खानसँग अक्षय कुमारले थुप्रै फिल्ममा काम गरिसकेका छन् । यद्यपि, प्रशंसक लामो समयदेखि अक्षय कुमारसँग शाहरुख खानलाई पनि देख्न चाहन्छन् । यद्यपि, शाहरुख आफैं मान्छन् कि उनी सायद अक्षय कुमारसँग काम गर्न सक्दैनन् ।

शाहरुखले बताएका थिए काम गर्न नसक्नुको कारणः

एक पुरानो अन्तरवार्तामा शाहरुख खानले उनी अक्षयसँग किन काम गर्न सक्दैनन् भन्ने जानकारी दिएका थिए । शाहरुखले भनेका थिए, ‘अक्षय कुमार जसरी बिहान चाँडै उठ्छन्, म त्यसरी उठ्न सक्दिनँ । अक्षय कुमार उठ्ने बेला हुँदा म भर्खर सुतेको हुन्छु । जुन बेला अक्षय कुमारले काम सुरु गरिसकेका हुन्छन् म आफ्नो प्याकिङ गरेर घरबाट निस्कने तयारीमा हुन्छ । सायद यसैकारण हामी दुई सँगै काम गर्न मुश्किल छ ।’

यदि कसैले सँगै कास्ट गरिहाले पनि…..

शाहरुखले उक्त अन्तर्वार्तामा भनेका थिए, ‘मलाई राती काम गर्न मनपर्छ र धेरैजसो कलाकारलाई यसो गर्न मन पर्दैन । यदि कसैले अक्षय र मलाई कास्ट गरिहाले पनि सेटमा कहिले भेट नहोला । ’

यद्यपि, शाहरुखले आफू अक्षयसँग फिल्ममा अभिनय गर्न इच्छुक भएको तर आफूहरुको समयमा नमिल्ने उनले बताए ।

एकपटक सँगै देखिएका थिए शाहरुख र अक्षयः

शाहरुख र अक्षय एकपटक सँगै देखिएका थिए । सुपरहिट फिल्म ‘दिल तो पागल हे’ मा अक्षय कुमारले एक सानो भूमिका निभाएका थिए, सायद यो कुरा धेरैले बिर्सिसकेका होलान् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *