Sajhamanch Archive

जडिबुटी सम्बृद्धिको आधार

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जडिबुडी सम्बृद्धिको आधार भएको बताएका छन् ।

विराटनगरमा आयोजित प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री घिमिरेले तीन प्रकृतिको वातावरणीय सन्तुलनका कारण नेपालमा जडिबुटीको भण्डार रहेको बताए । हिमाल, पहाड र तराईको जडिबुटी उत्पादन र प्रशोधन प्राथमिकतामा पर्नुपर्ने काम गर्नु पर्छ । आयुर्वेदको क्षेत्रमा प्रदेश १ अघि बढ्न सक्ने धेरै आधारहरु रहेको छ । मन्त्री घिमिरेले भने, आयुर्वेदलाई तीनै तहको सरकारले प्राथमिकतामा राखेर काम गर्नु पर्छ । भारतमा उत्पादन हुने आयुर्वेद औषधिको तुलनामा ४० प्रतिशत नेपालमा रहेको छ । उनले कच्चा पदार्थ भारत र चीन गएर औषधि बनेर नेपाल आउने गरेको बताए ।

आयुर्वेद मौलिक पद्धति भएकाले यसको विकास र विस्तार आवश्यक रहेकोमा पछिल्लो समय आयुर्वेद पद्धती पुस्तासँगै लोप हुँदै गएकाले यसको संरक्षण आवश्यक रहेको मन्त्री घिमिरेले बताए प्रत्येक प्रदेशमा १÷१ वटा वैद्य खाना आवश्यक रहेको छ । निजी क्षेत्रले पनि वैद्य खाना तर्फ ध्यान दिन आवश्यक छ ।’ आयुर्वेदको संरचना टोल र वडामा विस्तार गर्न सके रोजगारी सिर्जना गर्न सकिने मन्त्री घिमिरेका भनाई थियो । जडिवुडी उत्पादन, प्रशोधन, थेरापी, योग प्रशिक्षकको माध्यमबाट जेष्ठ नागरिक, युवा युवती, पर्यटक आदिलाई सेवा प्रवाह गरी मुलुकमा समृद्धी कायम गर्नु पर्नेमा उनकोे जोड छ ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले आयुर्वेद कार्यालयहरुले गुणस्तरीय सेवा प्रदान गरी जनतामा यसको महत्वका सम्वन्धमा सूचना प्रवाह गर्न आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *