Sajhamanch Archive

इलामको कालपोखरीमा बीओपी स्थापना

Published: in मिडियाबाट साभार, समाज by .

इलाम। सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणको लागि इलामको कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

बुधबार इलामको सन्दकपुर गाउँपालिका वडा नं.४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा (लामा)को २ तले, पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको हो ।

बीओपीको उदघाटन कार्यक्रममा प्रदेश नं.१ का सांसद खिनुलाङवा लिम्बु, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राई, सशस्त्र प्रहरी बल १ नं. बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिरजंग थापा, भारतीय समकक्षी एसएसबीका बीएन जी कोयलगायतको उपस्थिति थियो ।

                                                                                                                          अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *