Sajhamanch Archive

कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या बढ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको संक्रमण दर पनि बढेको छ ।

देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यररत स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा सक्रिय चिकित्सक, नर्स र अन्य कर्मचारीमा संक्रमण बढ्न थालेको हो ।

विभिन्न अस्पतालमा कार्यररत ४ हजार ६ सय ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७७ जिल्ला मध्ये हालसम्म ६८ जिल्लामा कार्यररत स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस कोभिड—१९ को संक्रमण भएको छ ।

कोरोना परीक्षण गर्ने प्रयोगशाला, कोभिड अस्पताल तथा अन्य रोगको उपचार गर्ने अस्पताल, कन्ट्याक्ट ट्रेसिङ गर्दा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, होम आइसोलेशन, क्वारेन्टिनमा कार्यररत स्वास्थ्यकर्मीहरुमा संक्रमण दर बढ्दै गएको छ ।

                                                                                                                रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *