Sajhamanch Archive

यस वर्ष बिरिङ्ग खोलामा छठ पूजा नगरिने

Published: in समाज by .

बिर्तामोड । छठ समाज सेवा समिति बिर्तामोडले प्रत्येक वर्ष कनकाई नगरपालिका वडा नं.१ स्थित बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यसवर्ष नगर्ने भएको छ ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण कनकाई नगरपालिका वडा नं.१ स्थित बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यस वर्ष नगरिने छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारको सरुवा रोग नियन्त्रण ऐन २०७७ र स्थानीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, मेला आयोजना वा भिडभाड हुनेखालको कुनैपनि कार्यक्रम नगर्नका लागि जारी गरेको निर्देशनलाई मध्यनजर गर्दै छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यसवर्ष नगर्ने निर्णय गरेको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *