Sajhamanch Archive

२० लाख बढीको बरामद पटाका नष्ट

Published: in समाज by .

झापा । जिल्ला प्रहरी कार्यालय झापा र त्यस मातहत रहेको प्रहरी कार्यालयहरूले करिब २० लाख बढीको बारुदजन्य पटाका बरामद गरेको छ ।

करिब एक महिनाको अवधिमा बरामद गरिएको विभिन्न प्रकारको पटाकालाई बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी कार्यालय झापाले कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको हो ।

प्रहरीले घरमा छापा मारेर र सीमा नाकाबाट भित्रिँदै गरेको अवस्थामा सो मूल्य बराबरको पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले बताए ।

प्रहरीले अढाई सय सटसम्मको आकाशमा पड्किने पटाका, जगमग, खुर्सानी, झिरझिरे, अनार लगायत नाम गरेका पटाकाहरू भद्रपुर, काँकडभिट्टा, गौरीगञ्ज, झापा गाउँपालिका लगायतको क्षेत्रबाट बरामद गरेको एसपी कोइरालाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *