Sajhamanch Archive

शिवसताक्षीमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा थप एक जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । शिवसताक्षी वडा नं. ६ निवासी ६४ वर्षीय भिमबहादुर न्यौपानेको विहीबार राती  विएडसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

गएको ९ गते सामान्य रुघा मर्की लागेर अस्वथ्य भएपछि विएण्डसी अस्पतालमा भर्ना गरिएको उनमा कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई उपचार सुरु गरिएको शिवसताक्षी वडा नं. ६ का वडाध्यक्ष मनोज खुलालले जानकारी दिए ।

अध्यक्ष खुलालका अनुसार नेपाल आर्मीको सहयोगमा न्यौपानको सव ल्याउने तयारी भइरहेको छ । हाल शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *