Sajhamanch Archive

मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अनुसार नेपाल र बंगलादेशबीचको पहिलो खेल आज हुँदैछ । खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ ।

कोरोना महामारीका कारण लामो समयदेखि फुटबल खेल्न नपाएका दुवै टोली मैत्रीपूर्ण खेललाई लिएर उत्साहित छन् । बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्ष र कप्तानले सकारात्मक नतिजाका लागि खेल्ने बताएका थिए ।

फिफा विश्वकप छनोटका बाँकी खेलहरुलाई मध्यनजर गर्दै यस मैत्रीपूर्ण खेल हुन लागेको हो । बंगलादेश फुटबल फेडेरेसनलमा निमन्त्रणामा नेपाल दुई मैत्रीपूर्ण खेल खेल्न एक साताअघि बंगलादेश पुगेको थियो ।

२०७६ चैत यता नेपालले कुनै प्रतियोगिता खेलेको छैन । विश्वभर फैलिएको कोरोना महामारीले फुटबल लगायत सबै खेल गतिविधि प्रभावित बनेको छ । यस्तोमा बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलले नेपाली खेलकुदलाई नै सकरात्मक उर्जा प्रदान गर्नेछ ।

यस पटक नेपाली टिममा पुराना र नयाँ खेलाडीको मिश्रण छ । कोरोना संक्रमण र चोटका कारण केही सिनियर खेलाडी टिममा छैनन् । यस्तै केही नयाँ अनुहार टिममा छन । त्यसैले नयाँ खेलाडीले डेब्यु गर्ने सम्भावना रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *