Sajhamanch Archive

फोहरमैला व्यवस्थापन केन्द्रमा आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ललितपुर । ललितपुरको इमाडोलमा रहेको फोहरमैला व्यवस्थापन केन्द्रमा आगलागी भएको छ ।

शुक्रबार दिउँसो साढे १२ बजे लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले ६ वटा दमकल र दुई वटा पानी ट्याङ्करको सहायतामा आगो निभाइएको जानकारी दिए ।

उनका अनुसार आगलागीबाट त्यही राखिएका फोहर सङ्कलन गर्ने केही ट्रकमा आंशिक क्षति भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *