Sajhamanch Archive

नेकपा सचिवालय बैठक सकियो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । अबको बैठक मंसिर ३ गते बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘आजको बैठकमा भदौ २६ को स्थायी कमिटीको निर्णय, अन्तरपार्टी जारी भएको निर्देशन, अध्यक्षद्वयले लेख्नुभएको सवाल जवाफको विषयमा सबै सचिवालय सदस्यले अध्यक्ष गरेपछि मात्रै निकास निस्कने भएकाले अर्को मिति तय गरिएको छ’ उनले भने ।

बैठक बोलाउन सहमति दिन माग गर्दै प्रधानमन्त्री ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले पार्टी फुटको अवस्थासम्म पुगेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *