Sajhamanch Archive

सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने कांग्रेसको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो ।

थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका सुनिल थापा केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गरेका थिए । सहमहामन्त्री बनेका थापा राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *