Sajhamanch Archive

झापामा थप ६३ जनामा कोरोना, तीन जनाको निधन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीनजना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार १८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण भएको हो ।

कचनकवलमा १४, दमक र बिर्तामोडमा १३-१३ जना, गौरादह, मेचीनगरमा ५-५ जना, कमल गाउँपालिका र अर्जुनधारामा ३-३ जना र भद्रपुर र शिवसताक्षीमा २-२ जनामा संक्रमण भएको हो ।

त्यस्तै बुद्धशान्ति, बाह्रदशी र झापा गाउँपालिकामा १-१ जनामा संक्रमण भएको छ ।

झापामा आज तीन जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं.६ का ८७ बर्षीय पुरुष, शिवसताक्षी नगरपालिका वडा नं.६ का ६३ बर्षीय पुरुष र अर्जुनधारा नगरपालिका वडा नं. ७ का ६१ बर्षीय पुरुष रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *