Sajhamanch Archive

चन्द्रगढी विमानस्थलको विस्तार छिट्टै हुन्छ : मन्त्री भट्टराई

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले लामो समय थला परेको नेपालको पर्यटन क्षेत्र अब उठ्ने बताएका छन् ।

एक हप्ता लामो गृह जिल्ला ताप्लेजुङ्ग बसेर शुक्रबार काठमाडौं फर्किन झापाको चन्द्रगढी विमानस्थल आइ पुगेका मन्त्री भट्टराईले कोरोना प्रभावका कारण थला परेको पर्यटन स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालना गर्दै उठ्ने बताएका छन् ।

मन्त्री भट्टराईले विदेशी नागरिकहरुलाई पनि नेपाल आवागमनका निमित्त पर्यटक भिसा खुल्ला गर्ने तयारी पनि पुरा भएको बताए ।

मन्त्री भट्टराईले चन्द्रगढी विमानस्थलको मास्टर प्लान र विस्तारका बारेमा बोल्दै मन्त्री भट्टराईले भने, ‘मास्टर प्लानको प्रक्रिया सकियसँगै विमानस्थल विस्तारको काम पनि छिटै सुरु हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *