Sajhamanch Archive

कोरोना संक्रमित डा. केसीले भने : मेरो उपचार खर्च आफैं व्यहोर्छु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमित प्रा. डा.गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा.केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् ।

तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *