Sajhamanch Archive

पार्टी भनेको जमेको पोखरी होइन : वर्षमान पुन

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको दस्तावेजको बचाउ गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूले अनधिकृत प्रस्ताव टिप्पणी गर्दै छलफलका लागि योग्य नरहेको बताइरहेका बेला उनले पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुआत गरेको बताएका हुन् ।

“पार्टी भनेको जमेको पोखरी जस्तो होइन, हिमालबाट बग्ने तीव्र वेगको नदी जस्तो हो र पार्टीमा हुने छलफल, बहस, अन्तरविरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवम् कार्यकर्ताको जिम्मेवारी हुन सक्दैनन्,” उनले लेखेका छन्, “पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात गर्दै बिनाउत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि–पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरूमा हार्दिक अनुरोध गर्दछु ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *