Sajhamanch Archive

झापामा थप १३२ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज थप १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार ५३ महिला र ७९ पुरुषमा कोरोना पुष्टि भएको हो ।

दमकमा ७६, कन्काईमा १८, झापा गाउँपालिकामा ११, बिर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ३, कमल र हल्दिबारीमा २/२ जनामा संक्रमण भएको छ ।

गौरीगञ्ज, शिवसताक्षी, बाह्रदशी, बुद्धशान्ति र अर्जुनधारामा १/१ जनामा कोरोना पुष्टि भएको हो ।

झापामा आज एक संक्रमितको निधन भएको छ । निधन हुनेमा गौरादह नगरपालिका वडा नं.४ का ७० बर्षीय पुरुष रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *