Sajhamanch Archive

दमक अस्पतालमा आगलागी

Published: in समाज, स्वास्थ्य by .

दमक । विद्युत सर्ट भई झापाको दमक नगरपालिका वडा नं.१ मा रहेको दमक अस्पतालमा आज दिउँसो आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा १ करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । २ बजेदेखि लागेको आगलागीवाट अस्पतालका लागि चाहिने औषधीहरु पूर्ण रुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. खड्ग लिम्बुले बताए ।

दमक नगरपालिकाका दुईवटा दमकल, अस्पतालका कर्मचारी,प्रहरी तथा स्थानीयहरुको सहयोगवाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *