Sajhamanch Archive

पर्यटन क्षेत्रले गति लिन थाल्यो : मन्त्री भट्टराई

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् ।

आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानी नेतृत्वको टोलीसँग भएको भेटपछि उनले यस्तो बताएका छन् । विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडि बढ्न थालेको संकेत भएको उनले बताए ।

सरकारले पर्यटन क्षेत्र खुला गरेसँगै विदेशी पर्यटकहरुको आगमन बढ्दै गएको उनले बताए । भेटपछि राजकुमार शेख मोहम्मदले छिट्टै आफू अर्को भ्रमणमा आउने समेत बताए । नेपालका हिमालय र गाउँहरु आफूलाई धेरै मनपर्ने उनले बताए ।

राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो । कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला विदेशी ‘हाइ प्रोफाइल’ले नेपालका हिमाल आरोहण गरेको यो दोस्रो हो ।

यसअघि बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे हिमाल आरोहण गरेका थिए ।

                                                                                                                         अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *