Sajhamanch Archive

कोरोना अपडेट : ११ सय ९७ जनामा संक्रमण पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २९४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म १ लाख ७६ हजार ३६४ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *