Sajhamanch Archive

झापामा थप २६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा पछिल्लो २४ घण्टाभित्र थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा चारजना महिला र २२ जना पुरुष रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमध्ये दमक नगरपालिका र कमल गाउँपालिकाका ५-५ जना रहेका छन् । दमकमा १ महिला र ४ पुरुष तथा कमलमा ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, अर्जुनधारा नगरपालिकाका २ पुरुष र २ महिला, गौरादहका १ महिला र ३ पुरुष, बिर्तामोड र हल्दिबारीका २-२ पुरुष, भद्रपुर, मेचीनगर, गौरीगञ्ज र शिवसताक्षीका १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *