Sajhamanch Archive

नेपालले बङ्गलादेशसँग दोस्रो खेल खेल्दै

Published: in खेलकुद by .

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुुटबलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो खेल खेल्दैछ।

खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ। मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत गत शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो।

मङ्गलबारको खेल भने कुनै पनि हालतमा जित्ने लक्ष्य राखेको प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *