Sajhamanch Archive

आगलागी हुँदा दाइको मृत्यु, ११ महिने भान्जासहित बहिनी घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.५ घर भएका कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो।

घटनामा मृतककी ३५ वर्षीय बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ जलेर घाइते भएका छन्। उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बिपना तामाङको शरिरको विभिन्न भागमा ३० प्रतिशत जलेको छ भने दावा तामाङको शरिरको विभिन्न भागमा १२ प्रतिशत जलेको छ। बिपना दाजुसँग तिहार मनाउन आएकी थिइन्।

आगलागीमा कति भौतिक क्षति भयो भने विवरण खुल्न सकेको छैन् । आगलागी दमकल, प्रहरी र स्थानिय बासीको सहयोगमा सोमबार राति करिब दुई बजे पुर्णरुपमा नियन्त्रणमा आएको थियो।

                                                                                                                    सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *