Sajhamanch Archive

कर्मचारीमा कोरोना देखिएपछि झापाका दुई स्थानीय तह नखुल्ने

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बाह्रदशी र झापा गाउँपालिकाले तिहारपछि पनि कार्यालय संचालन नगर्ने भएका छन् ।

दुवै गाउँपालिका कार्यालयले सूचना जारी गरी भोलि मंसिर ३ गतेदेखि कार्यालय लगाउन नसक्ने जनाएका हुन् । बाह्रदशी गाउँपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ । उनी हाल होम आइसोलेसनमा रहेका छन् । कोरोना भाइरसको प्रकोप अझै सामान्य नभएको भन्दै बाह्रदशी गाउँपालिका मंसिर ६ गतेसम्मका लागि बन्द रहने जनाइएको छ ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले आज एक विज्ञप्ति जारी गरी मंसिर ३ र ४ गते गाउँपालिका कार्यालय, त्यस अन्तर्गतका विषयगत शाखाहरु, वडा कार्यालय, स्वास्थ्य केन्द्र र आधारभूत सेवा केन्द्रहरुको कामकाज बन्द रहने जनाएका छन् । उनले छठ पर्व सकिएर मंसिर ७ गतेदेखि मात्र कार्यालय नियमित रुपमा संचालन हुने बताएका छन् ।

त्यस्तै झापा गाउँपालिकाकामा पनि कर्मचारीहरु संक्रमित छन् । उनीहरु होम आइसोलेसनमा रहेकाले मंसिर ३ देखि ९ गतेसम्म कार्यालय बन्द रहने गाउँपालिका अध्यक्ष जयनारायण शाहले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *