Sajhamanch Archive

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी

Published: in खेलकुद by .

काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।

मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो ।

दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो ।

नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीका कारण ८ महिनादेखि नेपाली खेलाडीले फुटबल खेलेका थिएनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *