Sajhamanch Archive

प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ७४० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७४० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ७३४ र विराट मेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलबार ५६ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमितको संख्या २४ हजार २० पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *