Sajhamanch Archive

सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

Published: in खेलकुद by .

काठमाडौं । नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्‍वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न पक्का भएको छ ।

होबर्टले बिहीबार सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्धित गरेको जनाएको छ । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपले यो सिजन भने नयाँ टोलीबाट खेल्न थालेका हुन् ।

यता सन्दीपले बीबीएल १० को लागि होबर्टमा सामेल हुन पाउँदा खुशी भएको बताएका छन् । साथै उनले ब्लन्डस्टोन एरिनामा खेल्नका लागि उत्साही भएको बताए । नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *