Sajhamanch Archive

झापामा ७५ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३५ महिला र ४० जना पुरुष रहेका छन् ।

आजका संक्रमितहरुमा दमकमा २०, बिर्तामोडमा ११,भद्रपुर र मेचीनगरमा ७–७ जनामा कोरोना संक्रमण भएको हो ।

यसैगरी, झापा गाउँपालिकामा ६, अर्जुनधारामा ५, गौरादह, कमल गाउँपालिका र कनकाईमा ४-४ जना, हल्दिबारीमा ३, शिवसताक्षीमा २ र बुद्धशान्ति र गौरीगञ्जमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म झापामा कुल संक्रमितको संख्या ३ हजार १६८ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ९८५ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *