Sajhamanch Archive

मेचीनगरबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

Published: in समाज by .

मेचीनगर । बिहीबार साँझ झापाको मेचीनगरबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् ।

साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं.१५ हेल्दुबारीबाट बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा३८प ३८८५ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका वडा नं.१५ ज्यामिरगढी बस्ने २४ वर्षिय बिष्णु राजबंशी र सोही वडाको पानबस्ती बस्ने १८ वर्षिय सागर पाहानलाई ब्राउनसगुरसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर,नगद एकासी हजार एक सय नेपाली रुपैयाँ, एक सय दश भारतीय रुपैयाँ र २ थान मोबाइल बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *