Sajhamanch Archive

अमेरिकी चुनावः ट्रम्पलाई नयाँ झड्का

Published: in विश्व समाचार by .

अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्पलाई अर्को एउटा भड्का लागेको छ । जर्जियाको चुनाव अधिकारीले यहाँ जो बाइडेनले डोनल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका छन् ।

त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि थिए तर ट्रम्पका प्रतिनिधिले आपत्तिपछि मतलाई पुनः हातले गन्ती गरिएको थियो । कूल मतको हिसाबले अहिले जो बाइडेनको जीतको अन्तर ५९ लाखभन्दा बढी छ ।

अमेरिकाको इलेक्टोरल कलेज सिस्टम अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जीतका लागि २७० मत हुन जरुरी छ । जो बाइडेनले एकपटक पुनः हार स्विकार नगरेको भन्दै डोनल्ड ट्रम्पको आलोचना गरेका छन् र उनको यो व्यवहारलाई गैर जिम्मेवारीयुक्त बताएको छ ।

ट्रम्पले हार व्यवहोर्ने कुरा आफूलाई पूर्ण विश्वास भएको बाइडेनले बताएका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *