Sajhamanch Archive

पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by .

पोखरा । पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । त्यस्तै, पोखरा महानगरपालिका-१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-८, का ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ भने वडा नं. २७ का ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । त्यसैगरी वडा नं. ९ का ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२१, कास्कीका ७५ वर्षीय पुरुषको पनि बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । म्याग्दे गाउँपालिका-४, तनहुँका ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *